वैदेशिक रोजगारीमा रहेकालाई रिलायबल नेपाल लाइफको आईपीओ खुल्यो


बैंक खबर । आज (असार २७ गते)देखि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर कुल २५७ रुपैयाँमा शेयर निष्कासन गरेको हो । 

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्ने छ । यसमध्ये पहिलो चारणमा १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतमा ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । आईपीओमा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ एपबाट आवेदन दिन सकिन्छ । 

आईपीओका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस