एनआइसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापतको ५० लाख हस्तान्तरण 


बैंक खबर । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एन आइसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । दुर्घटना बीमा वापतको बीमा लाभ प्राप्त गर्ने चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडको भाइ राजनप्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोल्जे मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोल्ने मृतक आशिष थारुको बुबा दुल्लुराम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोल्ने मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारी छन् । उनीहरुले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको बैंकले जनाएको छ ।

यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकलाई ९ करोड ४० लाख रुपैयाँभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको बैंकले जनाएको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनाले ३ करोड रुपैयाँ, दुर्घटना बीमा वापत १७ जनाले १ करोड ७० लाख रुपैयाँ र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले ४ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । 

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख रुपैयाँबराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाख रुपैयाँको दुर्घटना बीमा, ४० लाख रुपैयाँको घातक रोग बीमा र ४ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँसम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म बीमा लाभ प्राप्त गर्न सक्नेछन् । 

एनआईसी एशिया बैंकले देशभर ३६० शाखा कार्यालय, ४७३ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस