बैंकिङ प्रणालीमा अधिक तरलता, सीडी रेसियो ८२ प्रतिशतमा झर्यो


बैंक खबर । बैंकिङ प्रणालीमा अधिक तरलता देखापरेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८२.०३ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कुल निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन् । यो आधारमा अहिले बैंकहरुसँग करिब ४ खर्ब ६० अर्ब रुपैयाँ अधिक तरलता छ । कर्जाको माग नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको बैंकहरुले बताएका छन् । 

निक्षेप वृद्धिको तुलनामा ऋण लगानी निकै सुस्त भएका कारण अधिक तरलता देखिएको हो । अहिले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ नाघेको छ । दैनिक १०/१५ अर्ब रुपैयाँका दरले निक्षेप बढीरहेको देखिन्छ । तर कर्जाको माग नै छैन । आर्थिक वर्षको अन्तिम समय भएकाले कर्जाको माग शून्य जस्तै छ भने सरकारी खर्च बढेका कारण निक्षेप बढेको बढ्यै छ । 

अहिले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जा ४८ खर्ब ६१ अर्ब छ ।

अधिक तरलताका कारण राष्ट्र बैंकले जारी गरको ट्रेजरी बिलको ब्याज पनि घटिरहेको छ । राष्ट्र बैंका अनुसार सोमबार २८ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर ३.०२ प्रतिशत, ९१ दिनको ५.२५ प्रतिशत, १८२ दिनको ५.६२ प्रतिशत र ३६४ दिनको ६.३४ प्रतिशत कायम भएको छ ।  

All financial information at your fingertips.

शेयर गर्नुहोस