कामना सेवा विकास बैंक र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता


बैंक खबर । कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंक र त्रिविबीच आइतबार दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रममा विद्यार्थी स्वयंसेवक उपलब्ध गराउने उल्लेख छ । यस्तै, बैंक्ले विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीलाई वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने सम्झौतापत्रमा उल्लेख छ । 

सम्झौता अनुसार बैंकले पहिचान गरेका क्षेत्रमा विभागले अनुसन्धान गर्नेछ भने बैंकले विद्यार्थीलाई इन्टर्नसिप कार्यक्रम र रोजगारीको अवसर प्रदान गर्नेछ । 

बैंकले प्रत्येक वर्ष विभागले सिफारिश गरेका विद्यार्थीमध्ये दुई जनालाई शोधकार्य छात्रवृत्ति उपलब्ध गराउने छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस