प्रभु बैंकद्वारा किसानलाई सहुलियत दरको ऋण प्रदान


बैंक खबर । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ । प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच भएको सम्झौता अनुरुप बैंकले नुवाकोटका किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो । 

बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को सहकार्यमा सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको हो ।

नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रोफाईनान्स विभाग प्रमुख प्रविनकुमार दहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट ४० लाख रुपैयाँको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष तेजबहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह गरे । सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्वधित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन इच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानीय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्नेछ ।

हेफरले ४४ जिल्लाका करिव ४ लाख पिछडीएका गरिव परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । हेफरले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरुमार्फत वित्तीय पहुँच पुर्याउन सहजिकरण गर्दै आएको छ । 

सम्झौता अनुरुप बैंकले करिब १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ । प्रभु बैंकले ६८ जिल्लामा ३०२ शाखा कार्यालय, ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० एटीएमसहित वित्तीय सेवा प्रवाह गर्दै आएको छ । 
 

All financialinformation at your fingertips.

शेयर गर्नुहोस