कमारी बैंकको ‘साना तथा मझौला उद्यमी कर्जा’


बैंक खबर । कुमारी बैंकले ‘साना तथा मझौला उद्यमी कर्जा’ योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रवाह हुने कर्जामा बैंकले ११ दशमलव ११ प्रतिशत ब्याजदर लिने जनाएको छ । 

देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।

कम ब्याजमा बिना झन्झट सहज प्रक्रियाबाट कर्जा उपलब्ध हुँदा उद्यमीलाई प्रोत्साहन गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्ने बैंकले जनाएको छ । 

यस योजनाले साना तथा मझौला उद्यमीको व्यवसायमार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्साहन तथा उत्पादन, रोजगारी र निर्यात वृद्धिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 
 

All financial inforamtion at your fingertips.

शेयर गर्नुहोस