कालिकोटका विद्यार्थीलाई महालक्ष्मी विकास बैंकद्वारा छात्रवृति वितरण


बैंक खबर । महालक्ष्मी विकास बैंकले कालिकोटका पाँच जना विद्यार्थीलाई छात्रवृति रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रमार्फत सो रकम उपलब्ध गराइएको बैंकले जनाएको छ । 

छात्रवृति रकम कक्षा ११ र डिप्लोमा (प्राविधिक) अध्ययनमा सहयोग पु¥याउन २ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ । बैंकले कक्षा ११ र सीटीईभीटीअन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच विद्यार्थीलाई जनही  ५० हजार रुपैयाँ प्रदान गरेको हो । 

बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस