सिटिजन्स बैंकका ग्राहकलाई युनिभर्सल डेन्टल हस्पिटलमा छुट


बैंक खबर । सिटिजन्स बैंकका ग्राहकले युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी समझदारीपत्रमा बैंक र हस्पिटलबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका ग्राहकले कार्डको प्रयोग गरी भुक्तानी गर्दा युनिभर्सल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव १६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस