राजस्व कारोबार गर्ने बैंक बिदामा पनि खुल्ने


बैंक खबर । नेपाल राष्ट्र बैंकले राजस्व संकलन प्रयोजनका लागि विदाको दिन पनि राति ८ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको छ । 

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरेर यस्तो व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । 
सूचनामा भनिएको छ ‘नेपाल सरकार, अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोधबमोजिम राजस्व संकलन, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि मिति २०८० असार २४ गते, २३ गते र ३० गते बिदाका दिन राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व करोबार गर्ने सम्पुर्ण बैंकहरु, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नु/गराउनुहुन यो सूचना जारी गरिएको छ ।’
 

All financial information at your fingertips.

शेयर गर्नुहोस