जानकी फाइनान्सले साउन १३ गते साधारणसभा गर्ने


बैंक खबर । जानकी फाइनान्स कम्पनीले साउन १३ गते २६औँ वार्षिक साधारणसभा डाकेको छ । फाइनान्सको असार २१ गते बसेको सञ्चालक समितिको बैठकले जनकपुरको तुरहुतिया गाछी स्थित मसला कटेजमा बिहान ९ बजेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७९/८०का लागि लेखापरीक्षक नियुक्ती गर्ने पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने÷गाभिने वा प्राप्तिसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि फाइनान्सले साउन २ देखि १३ गतेसम्म शेयरधनी किताब बन्द गर्ने भएको छ । साउन १ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस