वैदेशिक रोजगारीमा जानेलाई ग्लोबल आइएमई बैंकले बिनाधितो ऋण दिने


बैंक खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना’ ल्याएको छ । बैंकले ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेगरी यो योजना ल्याएको जनाएको छ । 

यो कर्जा १२.०८ प्रतिशत स्थिर व्याजदरमा पाइने पनि बैंकले जनाएको छ । उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ ।

यस्तो कर्जा लिनको लागि २१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका ग्लोबल आइएमई बैंकमा बचत खाता भएका नेपाली नागरिकहरु योग्य हुनेछन् । 

यस योजनामा आइएमई पे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । बैंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदी अरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तब्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउने जनाएको छ । 

बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमईपे र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडसँगको सहकार्यमा यो योजना ल्याएको हो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस