घोराही सिमेन्टको आईपीओ पुनः खुल्यो


बैंक खबर । यसअघि स्थगित भएको घोराही सिमेन्टको आईपीओ निष्कासन पुनः सुचारु भएको छ । यसअघि आवेदन दिएका लगानीकर्ताले शुक्रबार देखि तीन दिनसम्म आवेदन रद्द गर्त वा कित्ता संख्या घटाउन र बढाउन सक्नेछन् । 

बिक्री प्रबन्धक निबल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले संयुक्त सूचना जारी गरेर आज (शुक्रबार)देखि बिक्री खुला भएको जनाएका छन् । सर्वसाधारणले आफ्नो आवेदन रद्द गर्न वा कित्ता थपघट गर्न चाहेमा बैंकमा गई असार २४ गतेसम्म लिखित आवेदन दिई अनुरोध गर्न सक्नेछन् । 

२४ गतेसम्म आवश्यक आवेदन नपरेमा असार मसान्तसम्म निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएका छन् । उद्योगले यसअघि जेठ ३२ गते आईपीओ निष्कासन गरेको थियो । आवेदनमा कैफियत देखिएको भन्दै धितोपत्र बोर्डले असार ४ गते प्रक्रिया स्थगित गरिदिएको थियो । 

बिक्री प्रबन्धकले सम्पूर्ण कित्ताका लागि आवेदन पर्दा पनि आवेदन समय लम्ब्याउन खोजेपछि बोर्डले छानविन गर्न आईपीओ निष्कासन स्थगित गरिदिएको थियो । अहिले बोर्डले छानविनको जिम्मा प्रहरीलाई दिएर आईपीओ निष्कासन प्रक्रिया निरन्तरता दिने निर्णय गरेको थियो । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस