कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन सहयोग


बैंक खबर । कामना सेवा विकास बैंकले रूपन्देहीको सिद्धार्थनगर–९ स्थित बृहस्पति माध्यमिक विद्यालयलाई डस्टबिन सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको पड्सरी शाखामार्फत बुधबार विद्यालयलाई डस्टबिन उपलब्ध गराएको हो ।

बैंकका शाखा प्रमुख रोशनी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई डस्टबिन हस्तान्तरण गरेकी हुन् । सो अवसरमा विद्यालयका विद्यार्थीहरु, शिक्षक र बैंकका कर्मचारीको उपस्थिति थियो । 

बैंकले आगामी दिनमा पनि यस किसिमका सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस