१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘च’ (६ वर्षे) बिक्री निष्काशन गरेको छ । राष्ट्र बैंकले असार २२ गतेदेखि जारी हुने ऋणपत्रमा असार २१ गते अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेगरी बिक्री निष्काशन गरेको हो । 

ऋणपत्र इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । 

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन सकिने राष्ट्र बैंकले जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । 

ऋणपत्र खरिद गर्न इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब रुपैयाँ र १.५ अर्ब रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

विस्तृतमा तल हेर्नुहोस्
 

All financial information at your fingertips.

शेयर गर्नुहोस