एभरेष्ट बैंकद्वारा वीरगञ्जको शैक्षिक गुठीलाई सहयोग


बैंक खबर । एभरेष्ट बैंकले वीरगञ्जमा रहेको समाता शैक्षिक गुठी (विद्यालय) लाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । 

सहयोग रकम बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई हस्तान्तरण गरेका छन् ।

कारागारमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका बालबालिकालाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापित समाता शैक्षिक गुठीलाई बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको हो । 

बैंकले गरेको सहयोग रकम विद्यालयको भवन र रङरोगन प्रयोजनका लागि खर्च गरिने बताइएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस