सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


बैंक खबर । सिटिजन्स बैंक इन्टरनेशनलले ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो  । 

सो शेयर गत जेठ १७ गते ३५ दिने सूचना जारी गरेर संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिएर बिक्री निष्काशन गरेको थियो । संस्थापक शेयरधनीहरुबाट पर्याप्त आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा बिक्री गर्न आवेदन खुला गरेको हो । शेयर खरिद गर्न इच्छुक कुनैपनि व्यक्ति तथा संस्थाले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

शेयरमा लगानी गर्न इच्छुक लगानीकर्ता प्रतिकित्ता १३५ रुपैयाँ नघटाई प्रस्ताव पेस गर्न सक्नेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस