सरकारले फेरी २९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने


बैंक खबर । सरकारले यो साता पनि २९ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत सो रकम सरकारका लागि उठाइदिन लागेको हो । 

राष्ट्र बैंकका अनुसार २४ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँको पुरानो ट्रेजरी बिल बिक्री हुने छ भने ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्नेछ । ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाले खरिद गर्न सक्नेछन् । 

राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यसमध्ये १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल हो । 

टेरेजरी बिल खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिनुपर्नेछ । ट्रेजरी बिल असार १९ गते मंगलबारदेखि जारी हुनेछ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस