रिलायवल नेपाल लाइफलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति


बीमा खबर । नेपाल धितोपत्र बोर्डले रिलायवल नेपाल लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नए अनुमति थिएको छ । बोर्डले असार १५ गते शुक्रबार इन्स्योरेृन्सलाई आईपीओ निष्काशनका लागि अन्तिम स्वीकृति दिएको हो । 

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २५७ रुपैयाँका दरले आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । इन्स्योरेन्सले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ । अब इन्स्योरेन्सले २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्कासन गर्ने छ ।

रिलायबलको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड छ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस