आईएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बीमा खबर । आईएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुला गरेको आईपीओमा आज (असार १५ गते) आवेदन दिने अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि असार १ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । 

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी कुल २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्काशन गरेको हो । 

इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । निष्काशन गर्न लागेको कुल शेयरमध्ये १२ प्रतिशतले हुने १२ लाख कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले शेयर किन्न इच्छुक भए न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एप्लिकेसनबाट आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले आईपीओका लागि केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग पाएको छ । यो रेटिङ्गले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्न सक्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ । 

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस