सहकारी संस्थाहरुलाई काठमाडौं महानगरको ताकेता, ३० दिनभित्र विवरण बुझाउन निर्देशन बैंकको खबर १० महिना पहिले बैंक खबर । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ । महानगरले केही सहकारी संस्थाहरुले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरु समयमा पेस गर्ने गरेको नपाइएको भन्दै सूचना निकालेर निर्देशन दिएको हो । महानगरले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारी विभागमा उक्त विवरणहरु बुझाई अध्यावधिक गर्न भनेको छ । तोकिएको मितिमा विवरण नबुझाउने सहकारीलाई कानुन बमोजिम कारबाही गरिने समेत प्रस्ट पारेको छ । काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारणसभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै १२ महिना पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य १२ महिना पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता १२ महिना पहिले