विदेशबाट आएको रकम एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने 


बैंक खबर । एनआइसी एशिया बैंकले विदेशबाट आएको रेमिट्यान्स बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने सेवा सुरु गरेको छ । डिजिटल फष्र्ट बैंकको रणनीति अनुरुप सबै बैंकिङ सेवा–सुविधा डिजिटल माध्यमबाट प्रदान गर्ने लक्ष्य लिएको बैंकले आफ्ना ग्राहकका लागि यो सुविधा ल्याएको हो । 

सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिट्यान्स रकम बैंकमा रहेको सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । डिजटल कारोबारमा ग्राहकहरुको उपस्थितिलाई थप प्रोत्साहन गर्न सघाउने उद्देश्यले यो सुविधा ल्याएको बैंकले जनाएको छ । यस सेवाबाट रेमिट्यान्स रकम बुझ्न NIC ASIA MoBank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN राखेपछि उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ । यस सेवापश्चात् ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंकमा जानुपर्ने बाध्यताबाट मुक्त भइने बैंकले जनाएको छ । 

एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस