वित्तीय प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब फिर्ता लैजाँदै राष्ट्र बैंक


बैंक खबर । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले बिहीबार दिउँसो ३ बजेसम्म रिभर्स रिपो बोलकबोल गरेर १० अर्ब रकम फिर्ता लैजान लागेको हो । 

राष्ट्र बैंकले सात दिन अवधि भएको रिभर्स रिपो जारी गरेको हो । रिभर्स रिपोको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागि हुन सक्नेछन् ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस