विद्यालयलाई सनराइज बैंकको ‘प्याड एटीएम’ सहयोग 


बैंक खबर । सनराइज बैंकले महिला स्वास्थ्य र सशक्तीकरणका लागि विद्यालयमा अध्ययनरत छात्रा तथा कार्यरत महिलालाई लक्षित गरी अटोमेटेड प्याड भेण्डिङ मेसिन ‘प्याड एटीएम’ प्रदान गरेको छ । विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा उनीहरु विद्यालयमा जान हिचकिचाउने समस्या देखिएको भन्दै बैंकले प्याड एटीएम प्रदान गरेको हो । 

एउटा सिक्का हालेपछि एउटा प्याड आउने ब्याट्री व्याकअपसहितको उक्त मेशिनले आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सृजना हुने बैंकले बताएको छ । बैंकले काठमाडौंको लैनचौरस्थित शान्ति विद्यागृह माध्यमिक विद्यालय र ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा उक्त मेशिन हस्तान्तरण गरेको हो ।

बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्य, सीएस आर प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितीमा विद्यालयका प्राधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हसन्तरण गरिएको बैंकले जनाएको छ । 

बैंकले यसअघि मोलुङ, किन्जा, डुम्रे, देउराली, बागलुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगर लगायत ठाउँमा पनि उक्त मेशिन सहयोग गरिसकेको बताएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस