साना उद्यमीमा वित्तीय पहुँच बढाउन बैंकर्स संघ र युएसएडबीच सम्झौता


बैंक खबर । नेपाल बैंकर्स संघ र युएसएड ट्रेड एण्ड कम्पिटेटिभनेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष सुनिल के.सी. र युएसएड ट्रेड एण्ड कम्पिटेटिभनेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयमा संवाद सञ्चालन गर्नुका साथै नीतिगत मुद्दाहरु र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न  सरोकारवालाहरुसँग छलफल गरी उनीहरुको क्षमता अभिबृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिइनेछ । यस सहकार्यले मुख्यगरी साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुकोबीच आपसी समन्वय स्थापना गरी स्वस्थ्य प्रतिस्पर्धा विकास गर्न, बैंकिङ कारोवारसँग सम्बन्धित नीति तथा पद्घतिमा एकरुपता कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरुको एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । त्यसैगरी, युएसएड ट्रेड एण्ड कम्पिटेटिभनेस परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरुसंगको सहकार्यमा अघि बढाइएको परियोजना हो । 

 

All financial information at your fingertips. 

शेयर गर्नुहोस