गोरखाको चुमनुव्रीमा कुमारी बैंकले पुर्यायो होलिकोप्टरबाट सामाजिक सुरक्षा भत्ता 


बैंक खबर । कुमारी बैंकले गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकोप्टर प्रयोग गरेर सामाजिक सुरक्षा भत्ता पुर्याएको छ । सडकको पहुँच नपुगेका स्थानमा ग्राहकको सेवालाई ध्यानमा राखेर बैंकले हेलिकोप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो । 

चुमुनुव्रीका स्थानीयहरु सडकको राम्रो पहुँच नपुगेकाले सामाजिक सुरक्षा भत्ता लिन दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने बाध्यता थियो । यही परिस्थितिलाई मध्यनजर गरेर बैंकले सम्बन्धित ठाउँमै सेवा पुर्याएको हो । 

बैंकले उक्त क्षेत्रका नागरिकको सुविधाका लागि आगामी दिनमा पनि यो सेवालाई निरन्तरता दिने जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस