प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबार असारभित्रै, नयाँ लोगो सार्वजनिक


बीमा खबर । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जर प्रयोजनका लागि अन्तिम स्वीकृति दिएको छ । प्राधिकरणले जेठ २९ गते स्वीकृति दिएको हो । प्राधिकरणबाट अन्तिम स्वीकृति पाएपछि बन्ने नयाँ कम्पनी प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो सार्वजनिक भएको छ । 

दुवै कम्पनीले असार भित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी गरिरहेका छन् । दुवै कम्पनी बराबर हैसियतमा गाभिन लागेका हुन् । 

प्रभु लाइफले बोनस शेयर जारी गरेपछि दुवै कम्पनीको गरी चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नयाँ बन्ने इन्स्योरेन्सले थप ९० करोड रुपैयाँ बराबरको शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी भएको कम्पनीले जनाएको छ । 

हाल प्रभु लाइफ र महालक्ष्मी लाइफको गरी १६७ शाखा कार्यालय सञ्चालनमा छन भने दुवै कम्पनीमा ४४९ कर्मचारी कार्यरत रहेका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस