ट्रेजरी बिलमार्फत ३० अर्ब ८६ करोडको आन्तरिक ऋण उठाउँदै सरकार 


बैंक खबर । सरकारले ३० अर्ब ८६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारका लागि रकमको जोहो गर्दैछ । 

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार ट्रेजरी बिल असार ४ गते सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल हुने छ । असार ५ मंगलबार जारी हुनेछ । 

राष्ट्र बैंकले २३ अर्ब ८६ करोड रुपैयाँको पुरानो ट्रेजरी बिल नवीकरण गराउने छ भने ७ अर्ब रुपैयाँको नयाँ बिक्री गर्नेछ । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिका लागि १० अर्ब रुपैयाँ, ९१ दिन अवधिका लागि ५ अर्ब ५३ करोड पुरानो नवीकरण र ४ अर्ब नयाँ गरी ९ अर्ब ५३ करोड रुपैयाँ, १८२ अवधिका लागि ३ अर्ब ३३ करोड पुरानो नवीकरण र ३ अर्ब नयाँ गरी ६ अर्ब ३३ करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ र्अ रुपैयाँको बील निष्काशन हुनेछ । ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् । 

सरकारले यसअघि पनि पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र लगायतका मौद्रिक औजारको प्रयोग गरि सरकारका लागि आन्तरिक ऋण उठाएको थियो । राष्ट्र बैंकले गतसाता पनि २३ अर्ब ६५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस