माछापुच्छ्रे बैंक ‘इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित


बैंक खबर । माछापुच्छ्रे बैंक ‘इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ । 

बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिमा सफलता हासिल गरेसँगै बैंक  ‘ इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३, म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट गोल्ड’ बाट सम्मानित भएको हो । 

भारतको बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु अवार्डका लागि मनोनयनमा परेका थिए । 

माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस