असारमा कर्जाको ब्याजदर घट्यो


बैंक खबर । बैंक तथा वित्तीय संस्थाले असार महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका छन् । तर कर्जाको ब्याजदर भने केही घटेको छ । बैंकहरुको आधारदर घटेपछि कर्जाको ब्याजदर घटेको हो । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर ०.२ प्रतिशत विन्दुसम्मले घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असारमा ब्याजदर ०.२ प्रतिशत विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको छ । जेठमा औसत ब्याजदर १२.६५ प्रतिशत थियो । त्यसअघि वैशाखमा १२.८४ प्रतिशत थियो । 

राष्ट्र बैंकका अनुसार वैशाखमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको औसत आधार दर जेठमा १०.२७ प्रतिशतमा झरेको थियो । असारमा आधार दर १० प्रतिशत नजिक झरेको छ । 

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही बमोजिम चैत, वैशाख र जेठ महिनाको औसत आधारदर घटेकाले कर्जाको ब्याजदर घटेको बैंकरले बताएका छन् । वैशाखमा निक्षेपको ब्याजदर घटेको र जेठमा पनि वैशाखकै ब्याजदर कायम भएकाले आधारदर घटेको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस