एमजीको विद्युतीय गाडी किन्न प्रभु बैंकले ऋण दिने


बैंक खबर । प्रभु बैंक र प्यारामाउन्ट मोटर्सबीच विद्युतीय सवारीसाधनमा ऋण लगानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउन्टका महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्यारामाउन्टले बिक्री गर्दै आएको एमजी मोडल/ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्ने ग्राहकलाई प्रभु बैंकले ऋण दिने छ । 

बैंकले देशभर रहेका १०३ शाखा कार्यालयबाटै यस्तो ऋण उपलबध गराउनेछ । प्यारामाउन्टका विद्युतीय गाडी खरिद गर्दा छिटो, छरितो र सहजरुपमा प्रतिस्पर्धी ब्याजदरमा ऋण दिने सहमति भएको बैंकले जनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस