वैदेशिक रोजगारीमा रहेकालाई आईएमई लाइफको आईपीओ खुल्यो


बीमा खबर । आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले आज (असार १ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुकालागि आईपीओ निष्काशन गरेको हो 

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गरेको हो । 

शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार १ देखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ । यसमध्ये १० प्रतिशतले हुने १२ लाख कित्ता शेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुले खरिदका लागि आवेदन दिनसक्नेछन् । 
इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालबाट केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ पाएको छ । यसले यसले इन्स्योरेन्सको जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

शेयर खरिदगर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा मेरो शेयर एपबाट आवेदन दिनसक्नेछन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस