सनराइज बैंकको निःशुल्क स्वास्थ्य शिविर


बैंक खबर । सनराइज बैंकले रुपन्देहीको सुद्धोधन गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बैंकको योगिकुटी शाखाले बुटवलस्थित तिलोत्तमा आँखा अस्पतालसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो । गाउँपालिकाको जनता माविमा सञ्चालन गरेको शिविरमा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २५० जनाले सेवा लिएका छन् । 

त्यसैगरी, बैंकको दुहबी शाखाले विराटनगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा छिटाहा माविमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा १५१ जनाले निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतनालगायतको सेवा लिएका थिए । 
 

All financial informationa at your fingertips.

शेयर गर्नुहोस