तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक


बैंक खबर । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर–२०८७’ निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृत भइसकेको बैंकले जनाएको छ । 

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्न कुमारी क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । 

अब, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृति पाएपछि ऋणपत्र निष्काशन हुने बैंकले जनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस