सिटिजन्स बैंकका ग्राहकलाई छुट


बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकलाई छुट सुविधा दिने गरी विभिन्न संस्थासँग सम्झौता गरेको छ । बैंकका ग्राहकले वीरगञ्जको आदर्शनगरस्थित ‘औरा इलेभेन’का सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । 

यस्तै, सप्तरीका कञ्चपुरस्थित ‘एमडी हेल्थ केयर’ हस्पिटलका सेवामा १० प्रतिशतसम्म र बोदेबर्साइनस्थित ‘बोदेबर्साइन लाइफ केयर पोलिक्लिनिक’का सेवामा १७ प्रतिशतसम्म छुट पाइने बैंकको भनाइ छ । 
यसैगरी, नवलपुरको कावासोतीस्थित ‘कालीगण्डकी नारायणी सामुदायिक हस्पिटल’का सेवामा १५ प्रतिशतसम्म छुट पाउने सम्झौता गरेको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस