गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २२औँ वर्षमा प्रवेश


बैंक खबर । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड २२ औँ वर्षमा प्रवेश गरेको छ । २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

फाइनान्सले वार्षिकोत्सवको अवसरमा निस्सहाय सेवा सदन, शान्तिनगरका ज्येष्ठ नागरिकलाई भोजन उपलब्ध गराएको थियो । यस्तै, विगत ५ वर्षदेखि ललितपुरको बुंगमतीमा रहेको अपांग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएकामा आगामी वर्षपनि निरन्तरता दिनेगरी सम्झौता भएको फाइनान्सले जनाएको छ । 

फाइनान्सले हालसम्म ७ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । फाइनान्सको चुक्तापुँजी १ अर्ब १ करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको छ । 

फाइनान्सले देशका विभिन्न स्थानमा २३ शाखा कार्यालय र ४ एक्सटेन्सन काउन्टरबाट वित्तीय सेवा दिँदै आएको छ । यसबाहेक एटीएम कार्ड, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, इसीसी, आरटीजीएस, आइपीएस, कर्पाेरेट पे, क्यूआर पेमेन्ट, सेफ डिपोजिट लकर, टपअप सुविधा, रेमिट्यान्स लगायतका सेवा पनि दिँदै आएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस