१० खर्ब भित्रियो रेमिट्यान्स, पोहोरभन्दा २३.४ प्रतिशत बढी


बैंक खबर । चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतलेवृद्धि भई ४,२१,२७९ पुगेको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ र्ख १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।
 

All financial informtiona at your fingertips.

शेयर गर्नुहोस