ज्योति विकास बैंकको डेबिट कार्ड बीना एटीएमबाट पैसा निकाल्न सकिने


बैंक खबर । ज्योतिविकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधाअन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिंदै ग्राहकलाई सहजताप्रदान गर्ने हेतुले  बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो । बैंकको मोबाइल बैकिङ एप ज्योती स्मार्ट तथा वेब ब्राउजर वेबसाइटमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटीएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योती स्मार्ट प्रयोगकर्ताहरूले एपभित्र रहेको पेमेन्ट आइकनमा थिचेपछि देखिने कार्डलेस ध्ष्तजमचबधब िआइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ । त्यसपछि, ज्योति विकास बैंककै  एटिएममा गई कार्डलेस ट्रान्जाक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नु पर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त ओटीपी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

डिजिटल बैंकिङको प्रयोग बढेसँगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाज प्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । प्रचलित कानुनको पूर्णरुपमा परिपालना गरी ग्राहक, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखाकार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस