विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको वृक्षरोपण कार्यक्रम


बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलले विश्व वातावरण दिवस–२०२३ को अवसरमा सोमवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न रुख तथा बोटबिरुवा रोपिएको बैंकले जनाएको छ । बैंकले काठमाडौं महानगरपालिका–९ शान्तिनगरमा विभिन्न प्रजातिका २५० बिरुवा रोपेको जनाएको छ । 

बैंकले १८३ शाखा, ३ विस्तारित काउण्टर, १४० एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस