शेयर लगानीकर्ता आन्दोलित, सबै ब्रोकर कार्यालयमा लगाए ताला


शेयर खबर । आन्दोलनरत शेयर बजारका लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा ताला लगाएका छन्। शेयर लगानीकर्ताले सरकारले बजेटमार्फत शेयर कारोबारमा अनावश्यक कर लगाउने व्यवस्था गरेको भन्दै विगत चारदिन देखि आन्दोलन गरिरहेका छन् । लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विद्येयक संशोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनीसहित तालाबन्दी गरेका हुन्।

उनीहरुले बजेटमा गरिएको व्यवस्थाले पुँजी बजार र घरजग्गा कारोबारमा मात्रै नभई समग्र अर्थतन्त्रमा क्षति पुग्ने बताउने गरेका छन् । उनीहरुले अहिले तिरिरहेको पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने माग गरेका छन् । सरकारले हालसम्म शेयर कारोबारमा पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत उठाउँदै आएको छ । तर बजेटले पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा द्विुविधिामा परेपछि लगानीकर्ताले आन्दोलनको घोषणा गरेका थिए । 

All financial information at your fingertips.

शेयर गर्नुहोस