कृषि विकास बैंकमा रोजगारी खुल्यो , अनलाइनबाट यसरी दिनुहोस आवेदन


बैंक खबर । कृषि विकास बैंकले वितिन्न तहमा एक सय ७९ जना नयाँ कर्मचारी माग गरेको छ । बैंकले चार तहदेखि नौ तहसम्म १७९ जना कर्मचारी माग गरेको हो । बैंकले खुलातर्फ ९२, महिलातर्फ २८, आदिबाशी जनजातितर्फ २७, मधेसीतर्फ १७, दलिततर्फ ९, अपाङ्गतर्फ २ र पिछडिएको क्षेत्रतर्फ ४ जना कर्मचारी माग गरेको हो । 

नौ तहको बरिष्ठ शाखा प्रमुखमा एक जना महिला माग गरेको छ । यस्तै ८ तहको शाखा प्रमुखमा चार जना राख्न खोजेको छ। ७ तहको बरिष्ठ लेखा अधिकृत  ६ जना, बरिष्ठ इन्जिनियर  एक जना, व्यवसाय अधिकृत ३८ जना माग गरेको छ ।  यस्तै व्यवस्थापन सुचना प्रणाली अधिकृतमा तीन जना, कानुन अधिकृतमा २ जना, इन्जिनियर आइटीमा एक जना, कर्जा अधिकृतमा ९ जना कर्मचारी मागेको छ ।  पाँच तहको व्यवसाय सहायक पदमा ३६ जना, ऋण सहायकमा ६ जना कर्मचारी मागेको छ । यस्तै चार तहको लेखापालमा ७२ जना कर्मचारी माग गरेको छ । प्लस्टु पासदेखि स्नातकोत्तरसम्म उत्तिर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

अनलाइनबाट फारम भर्ने प्रक्रिया
आवेदन फारम अनलाइनबाट मात्र भर्न सकिनेछ ।

आवेदकले अनलाइनमार्फत दरखास्त फारम भर्दा सुरुमा बैंकको www.recruitment.adbl.gov.np  (आवेदन दिन यहाँ क्लिक गर्नुहोस्) मा आफ्नो विवरण भरी Registrations गर्नु पर्नेछ । रजिष्ट्रेसन गर्दा आवेदकले दिएको मोबाइलमा एसएमएसबाट रजिष्ट्रेसन नं. प्राप्त हुनेछ ।

यसरी प्राप्त नम्बरलाई User ID/Password को रुपमा प्रयोग गरी login गरेर बैंकले तोके अनुसार अनलाइन दरखास्त फारम भर्नु पर्नेछ ।

फारममा तोकिएका सम्पूर्ण विवरणहरु भरी सो साथ उम्मेदवारको हालसालै खिचेको पासपोर्ट साइजको फोटो, दस्तखतको नमूना, नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, कामको अनुभव तथा तालीम अवश्यक हुने पदका लागि सोको प्रमाणपत्र र समावेशी समूहतर्फको आवेदक भएमा सोका लागि तोकिएको आवश्यक कागजातहरु अनिवायरु रुपमा स्क्यान गरी अपलोड गर्नु पर्नेछ ।

दरखास्त फारम सबमिट गरे पश्चात "Form has been Submited", परीक्षा दस्तुर भुक्तानी भए पश्चात  'Payment Successfully Received", भरिएको फारम स्वीकृत भएपछि "...has been approved" र भरिएको फारम अस्वीकृत भएमा   "...has been rejected", भन्ने जानकारी एसएमएस मार्फत फारम भर्दा दिइएको मोबाइल र इमेलमा प्राप्त हुनेछ ।

सो अनुरुपको एसएमएस प्राप्त भए नभएको सम्बन्धमा सम्बन्धित दरखास्तवालाले एकिन गर्नु पर्नेछ । उम्मेदवारहरुलाई परीक्षाको प्रवेशपत्र अनलाइन मार्फत नै प्राप्त हुने हुँदा आफ्नो Registrations Number र Password सुरक्षित राख्नुपर्नेछ । 

परीक्षा दस्तुर बुझाउने प्रक्रिया
अनलाइन दरखास्त फारम सबमिट गरेपश्चात View all vacancies मा Click गरी आफूले आवेदन गरेको सम्बन्धित विज्ञापनको Payment Option मा गई Connect IPS वा E-Sews वा Khalti मार्फत तोकिए बमोजिमको परीक्षा दस्तुर बुझाउनु पर्नेछ । यसरी परीक्षा दस्तुर बुझाउँदा एक भन्दा बढी विज्ञापनमा दरखास्त फारम भर्ने उम्मेदवारले हरेक विज्ञापनका लागि छुट्टा–छुट्टै दस्तुर बुझाउनु पर्नेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस