सांग्रिला डेभलपमेन्ट बैंकले वृहत साइकल र्‍याली गर्दै, भाग्यमानी एक जनालाई साइकल उपहार


बैंक खबर । विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले दोस्रो वृहत साइकल र्‍याली आयोजना गर्ने भएको छ । जेठ २० गत (आगामी शनिवार) बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्‍याली २०८०’ आयोजना गर्न लागेको हो । 
सांग्रिला बैंकको बालुवाटार स्थित केन्द्रिय कार्यालय अगाडिबाट कार्यक्रमको सुरुवात हुनेछ । र्‍यालीले शहरका मुख्य भागको परिक्रमा गर्नेछ । करिब एक घण्टा पछि सानो गौचरणको चौरमा गएर सो र्याली समाप्त हुने बैंकले जनाएको छ ।

बैंकले यस पटक डेभलपमेन्ट बैंककोे छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकल र्‍याली आयोजना गरेको थियो । यस साइकल र्‍याली कार्यक्रमकोलागि व्हाइट फिदर्स कम्युनिकेसन्स, स्क्वायर एटिन, साइन प्रो, एक्सियोम नेपाल प्रा.लि., एडभान टेक ट्रेड प्रा.लि., आरडी सप्लायर्स, वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि., क्यापिटल कन्सट्रक्सन प्रा.लि., नेपाल एयर कन्डिसनिङ सर्भिस, राज ट्रेडिङ कन्सर्न संस्थाहरुको समेत सहयोग रहेको जनाएको छ ।
अघिल्लो वर्षको र्‍यालीमा बैंकका कर्मचारीहरु मात्र सहभागी थिए । तर, यस पटक भने विभिन्न क्षेत्रका ३०० बढी साइकल प्रेमीहरुको सहभागीता हुने बैंकको अपेक्षा छ ।
साइकल र्‍यालीमा सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको साथै सहभागीहरु मध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार समेत दिइने बैंकका सूचना अधिकारी अपूर्वप्रसाद जोशीले जानकारी दिएका छन् । यस्तै, र्‍यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा–एउटा बिरुवा उपहार दिइनेछ ।
साइकल र्‍यालीमा सहभागीताका लागि बैंकले अनलाइनबाट रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस