कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कसले किन्न पाउँछ ?


बैंक खबर । कुमारी बैंकले ३ लाख १६ हजार एक सय ४० कित्ता संस्थापक शेयर लिलामी बढाबढमा बिक्री गर्ने भएको छ । बैंकले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र निवेदन बुझाउन भनेको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथकिता संस्थापक शेयरधनीहरुलाई नै दिनुपर्छ । सोही व्यवस्था अनुसार बैंकले आज (जेठ ८ गते) ३५ दिनको समय दिएर शेयर बिक्रीका लागि सूचना निकालेको हो । 

बैंकले शेयर बिक्रीका लागि प्रतिकित्ता मूल्य न्यूनतम ११० रुपैयाँ तोकेको छ । सो मूल्य नघटाई बोलकबोलमा सहभागी हुन सकिने बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरुका लागि बिक्री खुल्ला गरिनेछ । 

बैंकका अनसार शेयर खरिदका लागि काठमाडौंको नक्सालस्थित बीओको क्यापिटल मार्केटमा आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता दररेतट खुलाबई बोलकबोल पेस गर्नुपर्नेछ । 
 

All financial inforamtion at your fingertips. 

शेयर गर्नुहोस