काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई हिमायलन बैंकको सहयोग


बैंक खबर । हिमायलन बैंकले काठमाडौंको बुढानिलकण्ठ स्थित हेपाली हाइटमा रहेको काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्नका लागि बीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले संस्थाका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् । 

बालबालिकाहरुका लागि सुलभ मूल्यमा उच्च गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अग्रस रहेको संस्थाले दमकमा बाल अस्पताल सञ्चालनमा ल्याई सेवा प्रदान गरिरहेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस