तपाई ऋण लिदै हुनुहुन्छ ? यस्ता छन ऋणका स्रोतहरु 


बैंक खबर । आम्दानी भन्दा खर्च बढी गर्नुपर्ने तर पहिले देखिको बचत नभएको अवस्थामा खर्च गर्न पैसाको अभाव हुन्छ । चाहेको काम सम्पन्न गर्न कसैसँंग रकम लिनुपर्ने हुन्छ । केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने अरूसँग लिएको रकमलाई ऋण भनिन्छ । ऋणलाई कर्जा पनि भनिन्छ । 

बैंक ऋण 
कुनै पनि उद्यम वा व्यवसाय गर्न वित्तीय स्रोतको व्यवस्था गर्नुपर्ने हुन्छ । गाई–भंैसी पाल्न, रिक्सा किन्न, सानो वा ठूलो व्यापार गर्न, घरेलु उद्योग तथा अन्य उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि आय आर्जन हुने काम गर्न सर्वप्रथम पैसा चाहिन्छ । पैसा आपूmसँग नहुन पनि सक्छ । यसरी आवश्यक पर्ने पैसा परम्परागत रूपमा साहु महाजनहरूले उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को व्याज लिने गर्दथे । यो चलन अहिले पनि यदाकदा व्यवहारमा रहेको देखिन्छ । यस मार्फत कतिपय साहुहरूले अन्यायपूर्वक ऋणको अङ्क बढाउने र नाजायज रूपमा शोषण समेत गर्दथे वा गर्दछन् भन्ने पनि सुनिन्छ । तर आधुनिक र विकसित समाजमा यस्तो पैसा ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउँछन् । 

ऋणका स्रोतहरू के के हुन् ? 

बैंक तथा वित्तीय संस्था
बैंक तथा वित्तीय संस्था भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो । बैंक तथा वित्तीय संस्थाले घर, जग्गा, सुन वा अन्य सम्पत्ति धितो लिएर ऋण प्रदान गर्छन् । यसै गरी, लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न व्यवसायिक कार्यका लागि सामूहिक जमानीमा लघुकर्जा प्रदान गर्दछन् ।  

बचत तथा ऋण सहकारी संस्था
हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी संस्थाहरूले व्यवसायिक वा निजी प्रयोजनको लागि धितो सहित वा बिना धितोको ऋण प्रदान गर्छन् ।  

व्यवसायिक ऋण प्रदानकर्ता
व्यवसायिक ऋण प्रदानकर्ता संस्थाहरूले लाभ हुने व्यवसायमा लगानी स्वरूप ऋण प्रदान गर्छन् । यस प्रकारको ऋणको ब्याज, धितो र समयसिमा लगानीकर्ता र व्यवसायीबीचको सहमतिमा निर्धारण हुन्छ ।  

साथीभाइ वा परिवार
साथीभाइ, परिवार वा इस्टमित्रहरू पनि आवश्यक ऋणको स्रोत हुन सक्छन् । यस प्रकारका ऋण कम खर्चिलो, सहज र बिना धितोको हुन सक्छ ।  

सरकारी वित्तीय सहयोग
उर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण प्रदान गर्ने व्यवस्था समेत रहेको छ । यस प्रकारको ऋणको लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनुपछ
 

All financial information at your fingertips.

शेयर गर्नुहोस