के भए बैंकको निक्षेप बढ्छ ?


बैंक खबर । बैंकहरुले बचतकर्ताबाट निक्षेप स्वीकार गरी उसकै नाममा खाता खोली राखेको रकमलाई प्राथमिक वा निष्क्रिय निक्षेप मानिन्छ । त्यस्तै साख सृजना गरी हासिल गरेको निक्षेपलाई सहायक व्युत्पन्न निक्षेप भनिन्छ । व्युत्पन्न निक्षेपको मात्रा सामान्यतया निक्षेपको मात्रामा निर्भर हुन्छ । 

यहाँ हामीले के भयो भने बैंकहरुको निक्षेप बढ्छ भन्ने विषयमा बुँदागत रुपमा प्रस्तुत गरेका छौं ।
१. सर्वसाधारणको आयस्तर बढे निक्षेप बढ्छ
२. संगठित संस्थाको खुद मुनाफा बढे निक्षेप बढ्छ
३. सर्वसाधारणको बैंकिङ आदत बढे निक्षेप बढ्छ
४. बैंकहरुको साख सिर्जना क्षमता बढे निक्षेप बढ्छ
५. निक्षेपमा दिइने ब्याजदर बढे निक्षेप बढ्छ
६. पूँजी निर्माणको दर बढे निक्षेप बढ्छ
७. देशको समुन्नत र समृद्ध आर्थिक अवस्था भए निक्षेप बढ्छ
८. बाह्य विप्रेषण (रेमिट्यान्स)को आप्रवाह बढे निक्षेप बढ्छ
९. कृषि एवम् उपेक्षित क्षेत्रको विकास हुँदा निक्षेप बढ्छ
१०. कर बढे निक्षेप घट्छ
११. सर्वसाधारणहरुको बचत गर्ने चाहना र क्षमता बढे निक्षेप बढ्छ
१२. मुद्रास्फिती बढे निक्षेप घट्छ

यसबाहेक निक्षेपमा प्रत्यक्ष अप्रत्यक्ष विभिन्न तत्वहरुले प्रभाव पारिरहेका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस