सेयरबजारमा २५.८९ अंकको वृद्धि, कारोबार पनि बढ्यो
२०८२ असार २६ गते बिहीबार ।
बैंकको खबर । सेयरबजार बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । कारोबार मापक नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नौ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच भएका छ ।
कारोबार भएका २४८ कम्पनीमध्ये १६१ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । बाँकी ८७ वटा कम्पनीको सेयरमूल्य भने घटेको छ ।
जलविद्युत र ब्यापार बाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै लघुवित्त समूह १.४६ प्रतिशत बढेको छ ।
माइखोला हाइड्रो पावरको सेयरमूल्य सर्वाधिक ८.१५ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशत घटेको छ । सबैभन्दा धेरै सेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।