एसियन लाइफ इन्सुरेन्सको ४२ प्रतिशत हकप्रद सेयर निष्काशन


२०८२ असार २५ गते बुधबार । 

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आज (असार २५ गते)देखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री निष्काशन गरेको छ । 

कम्पनीले विद्यमान सेयरधनीहरूलाई १ः०.४२ अनुपात (४२ प्रतिशत)का दरले सेयर बिक्री निष्काशन गरेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो। 

कम्पनीले हकप्रद सेयरका लागि जेठ १६ गते बुक क्लोज गरेको थियो । त्यसैले जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरुले हकप्रद खरिदका लागि आवेदन गर्न सक्नेछन् । 

हकप्रदका लागि आजदेखि साउन १३ गतेसम्म आवेदन दिन सकिने इन्स्योरेन्सले जनाएको छ । 

यस हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ छ। हकप्रद सेयर बिक्रीपछि यो बढेर ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । 

शेयर गर्नुहोस