असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्दै हिमालयन बैंक


२०८२ असार २४ गते मंगलबार ।

बैंकको खबर । हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । 

बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ बिक्री गर्न लागेको हो । 

बैंकले संस्थापक संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो ।

एफपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

एफपीओ निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि साउन १४ गतेसम्म लम्बिनेछ । 

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई ‘केयर एनपी ट्रिपल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

शेयर गर्नुहोस