वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त
२०८२ असार १९ गते बिहीबार ।
बैंकको खबर । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
लघुवित्तले जारी पूँजीको ४० प्रतिशत अर्थात २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकीमध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।