कनेक्ट आइपीएसको ‘रेफर अ फ्रेण्ड’ अफर


बैंक खबर । कनेक्ट आइपीएसले ‘रेफर अ फ्रेण्ड’ अफर सुरु गरेको छ । यो अफरमा कनेक्ट आइपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रेफर गर्दा नगद प्राप्त गर्न सक्नेछन् । 

अफर अन्तर्गत जेठ १ गतेदेखि असार ३१ गतेसम्म रहनेछ । अफरअन्तर्गत ‘रेफरर’ ले बैंक खातामा २५ रुपैयाँ र ‘रेफरी’ ले २५ रुपैयाँको मोबाईल टप–अपमा प्राप्त गर्न सक्नेछन् ।  

‘रेफरर’ ले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो ‘रेफररल कोड’ दिएपछि अफरको फाइदा लिन सक्नेछन् । ‘रेफरी’ ले नयाँ यूजर रजिष्टर गर्दा रेफररले दिएको ‘रेफरल कोड’ दाखिला गरेपछि एक पटक आफ्नो मोबाईल नम्बर र ईमेल आईडी भेरीफाई गरेपछि मात्रै ‘रेफरर’ र ‘रेफरी’ ले २५÷२५ रुपैयाँ प्राप्त गर्न सक्नेछन् । 

रेफररले आफ्नो ‘रेफररल कोड’ र लिंक सेयर गर्न सक्नेछन भने रेफरीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एपमार्फत नयाँ यूजर बन्न सकिनेछ । 

कनेक्ट आइपीएस एक भन्दा बढी बैंकखाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिने सजिलो माध्यम हो । 

कनेक्ट आइपीएसको वेबमार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र मोबाइल एपमार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 

कनेक्ट आइपीएसमार्फत मोबाइल रिचार्ज, बिजुली, टेलिफोन, इन्टरनेट बिललगायतको बिल भुक्तानी गर्न सकिनेछ । स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक जरिबाना, शेयर कारोबार, नेपाल पे क्युआर लगायतको भुक्तानी पनि गर्न सकिनेछ । 

चैत मसान्तसम्म कनेक्ट आइपीएसले ५२ सदस्य बैंक वित्तीय संस्थामार्फत २८ अर्ब ५० करोड रुपैयाँ बराबरको तीन करोड ६० लाखभन्दा बढी भुक्तानी करोबार फछ्र्यौट भइसकेको कम्पनीले जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस